नेपाली अभिनेत्री शिल्पा पोखरेलकोे भोजपुरी चलचित्रमा डेब्यू



काठमाडौं : नेपाली अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी चलचित्रमा डेब्यू गरेकी छन् । सोनु खत्रीको निर्माण र निर्देशन रहेको चलचित्रको नाम ‘जय शम्भु’ रहेको छ । शनिबार सार्वजनिक भएको चलचित्रको एक्सन टिजरमा उनलाई पनि स्थान दिइएको छ ।

चलचित्र ‘जय शम्भु’मा अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् । चलचित्रमा ध्रुव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । यस चलचित्रलाई नेपाली छायाँकार हरि लामाले खिचेका हुन् ।

त्यस्तै, ‘जय शम्भु’ मा नेपाली चलचित्रका द्वन्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा छ । टिजर सार्वजनिक भए पनि चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्