कोरोनाबाट विश्वमा एक लाख १४ हजार भन्दा बढीको मृत्यु



काठमाडौं : पछिल्लो समय विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढिरहेको छ। यो समाचार तयार पार्दासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ ।

अमेरिकामा अहिले सम्म २२ हजार ११५ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या मात्र हैन संक्रमितको संख्यामा पनि पहिलो नम्बरमा छ। अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा ५ लाख ६० हजार ४३३ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा १९ हजार ८९९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ५६ हजार ३६३ रहेको बेलामा स्पेनमा भने एक लाख ६६ हजार ८३१ रहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार २०९ रहेकाले कोरोनाका कारण मानवीय क्षती धेरे बेहोर्नेमा स्पेन तेस्रोमा रहेको छ ।

पछिल्लो विवरण अनुसार संक्रमितको संख्या फ्रान्समा एक लाख ३२ हजार ५९२, जर्मनीमा एक लाख २७ हजार ८५४, चीनमा ८२ हजार १६० रहेको छ ।

त्यसैगरी मृत्यु हुनेको संख्या फ्रान्समा १४ हजार ३९३, जर्मनमा ३ हजार २०२, चीनमा तीन हजार ३४१ रहेको विवरण सार्वजनिक भएको छ ।

यो समाचार लेख्दासम्म विश्वभरी १८ लाख ५४ हजार १७१ जना संक्रमित भएका छन् भने १ लाख १४ हजार २९१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१० देशमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्