मुस्लिम समुदायको विरोधकाबीच श्रीलंकामा कोरोनाबाट मृत्यु भएकालाई जलाउनु पर्ने नियम लागू



श्रीलंका : श्रीलंकाली सरकारले कोरोना भाइरसबाट मृत्यु भएका मानिसलाई अनिवार्य जलाउनुपर्ने नियम लागू गरेको छ। जुनसुकै धर्मका मानिस भए पनि जलाएर अन्त्येष्टि गरिनुपर्ने निर्णय गरिएको हो। तर यो निर्णयलाई मुसलमान समुदायले विरोध जनाएको छ।

श्रीलंकामा हालसम्म २ सय १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्