स्पेन र इटालीमा लकडाउन केहि खुकुलो बनाउने तयारी



काठमाडौं : स्पेन सरकारले लकडाउन केही खुकुलो बनाउने भएको छ । एक महिनादेखि बन्द रहेका व्यापार–व्यवसाय सञ्चालनमा केही खुकुलो बनाउने तयारी भइरहेको जनाएको छ ।

स्पेनमा कोरोनाका कारण १७ हजार २०९ जनाको मृत्यु भइसकेको छ । यद्यपि लकडाउन केही खुकुलो मात्रै पारिने तर प्रतिबन्ध पुरै नहटाइने बताइएको छ ।

इटालीमा पनि मंगलबारदेखि केही व्यापार–व्यवसाय सञ्चालन गर्न दिने तयारी भइरहेको जनाएको छ । इटालीमा १९ हजार ८९९ जना कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्