कोरोना : भारतमा संक्रमितको संख्या १० हजार नाघ्यो



एजेन्सी : कोरोना भाइरसको प्रभाव भारतमा बढीरहेको छ ।

पछिल्ला दिनहरुमा भारतमा मृत्यु र संक्रमितको संख्या बढ्दै गएको हो ।

त्यहाँको सरकारका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोनाबाट ३ सय ५८ जनाको मृत्यु भएको छ भने १० हजार ४ सय ५३ जनामा संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्