सामान्य ज्वरो लागेकालाई उपचार गर्न नमान्ने अंसारीले एकाएक किन निशुल्क अस्पताल दिने घोषणा गरे ?



विरगन्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महानगरपालिका वीरगन्जका अध्यक्ष रहबर अंसारी एकाएक चर्चित भएका छन् ।

उनी नेता, कार्यकर्ता मात्र होईनन् । वीरगन्जमा संचालित एक निजि अस्पतालका संचालक समेत हुन् । मौकामा चौका हान्ने र एकाएक चर्चित हुने प्रवृति बढेको घटना क्रम उनमा रहेको बताइएको छ ।

जुन बेला कोरोना संक्रमणले चिनमा हजारौं मान्छेको ज्यान गएको समाचार चरमउत्कर्षमा थियो, त्यो बेला हामीले भगवानसँग प्राथना गथ्र्यो यसको प्रभाव हाम्रो देशमा नपरोस् । तर अहिले यसबाट हामी बच्न सकेको छैनौं ।

छिमेकी मुलक भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पहिलो चरणमा मात्र प्रवेश गरेको थियो त्यसपछि हाम्रो देशमा पनि यसबाट जोगिन सरकारले नाका बन्दी र लकडाउन नै गर्यो । लकडाउन शुरु हुना साथ वीरगन्जका निजि अस्पतालहरुले एका एक चर्चित र जनतामा सस्तो लोकप्रियको लागि कोरोना संक्रमित र शंकास्पद व्यक्तिहरुको उपचारको लागि नि ः शुल्क अस्पताल नै उपलब्ध गराउने घोषणा गरे ।

वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एमडि बसरुदिन अंसारीले चैत १४ गते कोरोना संक्रमित र शंकास्पदको लागि पुरै अस्पतालनै नि : शुल्कमा सरकारलाई दिने घोषणा गर्न पछि हटेनन् । उनको यो घोषणाले समाजिक संजाल देखि लिएर विभिन्न संचारमाध्यम चर्चित भएका थिए । हरेकले उनको अतुल्य योगदानको प्रशांस गरे ।

एशोसिएसन अफ निजि मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका संचालक बसरुदिनले मुलुकको परिस्थितीलाई मध्य नजर गर्दै कोरोना संक्रमित र शंकास्पद व्यक्तिहरुको उपचारको लागि वीरगन्ज नेशनल मेडिकल तथा शिक्षण अस्पताल, वीरगन्जमै रहेको उनको बाबा होटल र काठमाडौं मेडिकल कलेज नै नेपाल सरकारलाई हस्तान्तरण गर्न तयार रहेको घोषणा समेत गरेका थिए ।

उनले भनेका थिए शिक्षण अस्पताल संचालन गर्न राज्यले नै अनुमति दिएको र राज्यकै सहयोगमा दुई पैसा कमाएकोले समाजिक उत्तरदायित्व बहन गर्न अस्पताल राज्यलाई हस्तान्तरण गर्न कलेज प्रशासन तयारी अवस्थामा छ । यसको लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तयार रहेको दावी गर्दै उनले भनेका थिए, वीरगन्ज नेशनल मेडिकल कलेजमा रहेको १ हजार ५० बेड, काठमाडौंस्थित रहेको अस्पतालमा २३२ बेड र वीरगन्जमै बन्द अवस्थामा रहेको होटल बाबामा ५ सय बेड हामीसँग तयारी अवस्थामा राज्यले जुन बखत मागे दिन तयारीमा छु ।

संचालक बसरुदिनको घोषणासँगै प्रदेश २ का सरकारले नेशनल मेडिक कलेजमै कोरोना अस्पताल बनाउने निर्णय समेत गरेको थियो । चैत १५ गते शनिबारका दिन प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहको संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण कमिटीले जनकपुर र वीरगन्जको नेशनल मेडिकल कलेजमै उपचार गर्ने व्यवस्था मिलाईएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी गराई सकेका थिए ।

उनले त्यो बेला नेशनल केडिकल कलेजमा ५० वटा आईसोलेशनको लागि बेड समेत तयार गरिएको जानकारी गराउँदै कोरोनाका शंकास्पद विरामी अथवा पुष्टि भएकालाई वीरगन्ज र प्रादेशिक अस्पताल जनकपुरमै चैत १७ गते आईतबार उपचार गर्ने व्यवस्था मिलाएको जानकारी गराएका थिए ।
तर दुव्र्भाग्य छ जुन प्रदेश सरकारले नेशनल मेडिकल कलेजमा कोरोना शंकास्पद विरामी अथवा पुष्टि भएकालाई आईसोलेशनमा जानकारी गराई रहेको थियो त्यो दिननै मेडिकल कलेजमा उपचार्थ कलैया उपमहानगरपालिका २२ का २५ वर्षिय विजय कुशवाहालाई निकाला गरिएको थियो ।

कुशवाहामा समान्य ज्वरो देखा परेपछि कोरोना संक्रमण लागेको आंशका गर्दै अस्पतालका चिकित्सकले अमानविय व्यवहार गर्दै जबरजस्ती अस्पतालबाट निकालेका थिए । यहाँसम्म अस्पतालले कुशवाहालाई निकाल्दा उनको रेफर कार्डमा समेत कोरोना संक्रमणको लक्षण भेतिएकोले संघन उपचारको लागि काठमाडौंस्थित टेकुमा रहेको शुक्रराज अस्पताल जानु लेखेका थिए ।

मसुरो दर्ने क्रममा खुट्टामा घाँउ लाग्दा ३७ वटा टांका लागेका कुशवाहाको अवस्था चिन्ताजन बनेपछि उनको उपचारमा ठूलो लापरवाही देखाउँदै मेडिकलले कलेजबाट निकाला गरेको थियो । मेडिकलकै रेफर पुर्जाले गर्दा वीरगन्जको विभिन्न निजी अस्पतालमा उपचार गराउन लैजादाँ कसैले पनि उपचार गर्न मानेन् ।

यहाँसम्म रहबर अंसारीले संचालन गरेको गण्डक अस्पतालमा समेत उपचार गर्न लैजादै मेडिकलको रेफर पुर्जा हेर्ने वित्तिकै अस्पताल भित्र छिर्न नपाउँदै चिकित्सकले अस्पताल बाहिर निकाल्न थालेको उनका दाई महेश कुशवाहाले बताएका थिए । र उनको संघन उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भयो ।

कुशवाहामा कोरोना संक्रमण थिएन । उनको स्वाबः समेत संकलन गरी परिक्षण गर्दा कोरोना निगेटिभ नै भएको थियो । रक्तश्राव र समयमै उपचार हुन नसकेपछि विच बाटैमै झटपटाएर ज्यान गुमाउँनु परेको थियो कुशवाहालाई । समान्य ज्वरो आएकै कारण निजि अस्पतालले उनको उपचार गर्न मानेन र उनीहरुको जनता प्रति देखाउँने खोक्लो वाचाको उजागर हुन थाले ।

र अहिलेसम्म वीरगन्जका निजि अस्पतालले विरामीलाई उपचार गर्न मानेका छैन । सरकारले उपचार गर्न नमाने निजि अस्पताल कारवाही गर्ने चेतावनी दिदासमेत सरकारको निर्देशनलाई अटेरी गर्दै आएका छन् । गेटमा ज्वरो लगायत सम्पूर्ण विरामीहरुको उपचार दिन तयार रहेको जनाउदै गेटमा ब्यानेर टाँसेका छन् ।

तर भित्र जाँदा चिकित्सक हुदैन । अस्पतालका कम्पाउण्डरले विरामीको समस्या अनुसार औषधी लेखेर पठाउने गरेका छन् । तर अस्पतालमा भर्ना भने अहिलेसम्म गरेका छैनन् । कोरोना संक्रमणको संख्या पर्सामा पनि बढ्न थालेपछि चिन्तित बन्दै कोरोना नियन्त्रण तथा रोकथाम समितिको आईतबार बसेको बैठकले वीरगन्जको निजि अस्पतालको समन्यमा कोरोना अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले कोरोना अस्पतालको लागि निजी अस्पतालका संचालक संग समन्वय गर्ने काम भईरहेको र अस्पताल दिन नमानेलाई बलप्रयोग गरेर भएपनि अस्पताल कब्जामा लिएर कोरोना विशेष अस्पताल संचालन गर्ने जनाएका थिए ।

तर पनि अटेरै गर्दै निजि अस्पतालका संचालकहरुले अस्पताल उपलब्ध गराउँन मानेन् । अन्यमा सबैले आ आफनो मोबाईल स्वीच अफ समेत गरे सम्पर्क विहिन बने । यहाँ सम्म चैत २९ गते शनिबार नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) वीरगन्ज महानगर कमिटीका अध्यक्ष रहबर अंसारी, सचिव डा.विश्वम्र्भर शर्मा र महानगरकमिटी ईन्चार्ज दिनेश राईले वीरगन्जको नारायणी अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाउन माग गरेका थिए ।

उनीहरुले जारी गरेको मागमा ‘विश्व महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वाारा अपनाईएको विभिन्न कदमहरु प्रति गम्भिर रहदै हाल पर्सा, बारा तथा रौतहटबाट (कोभिड-१९) को परीक्षणको लागि संकलित स्वाब बागमती प्रदेश हेटौंडामा पठाउने क्रममा पर्न गएको असहजता र उपचारमा ढिलाई हुने समस्यालाई मध्यनजरमा राखी वीरगन्जस्थित नारायणी अस्पतालमा (कोभिड-१९) परीषणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार यथासिघ्र उपलब्ध गराई दिन अनुरोध लेखिएको छ ।

बोधार्थमा प्रदेश २ सरकार, नेकपा केन्द्रिय कमिटी र नेकपा प्रदेश २ समेत माग पत्र पठाएका छन् । संचालकहरुले कोरोना विशेष अस्पताल बनाउन अस्पताल उपलब्ध नगराएपछि स्थानीयको माँग र आवश्यक्ता अनुसार सोमवार दिउसो नेपाल सरकारले बीरगन्जस्थित नारायणी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ ।

त्यसपछि आचानक रहबर अन्सारीले नाटकीय रुपमा राति लगभग १० बजे सामाजिक संजाल फेसबुकमा आफ्नो अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन दिन घोषणा गरे । आईतबार नै वीरगन्जमा ३ जना भारतीय नागरिक कोरोना संक्रमित भएको पुष्टी भएपछि नारायणी अस्पतालको आईसोलेशन वार्डमा उपचार भईरहेको छ ।

उनीहरुको उपचारमा खटेका चिकित्सक, नर्स र पारामेडिकलाई छुट्टै बस्नको लागि वीरगन्जकै एक जना होटल व्यवसायले निशुल्क रुपमा आर्दशनगर स्थित रहेको आफनो कन्ट्री ईन होटल अस्पताललाई उपलब्ध गराए । उनको यो साहसी र उदारता प्रति स्थानियले खुलेर नै सराहना गरी रहेका छन । यस्तो मानवमाथि नै संकट आईरहेको बेला एक मानवले अर्को मानवको निः स्वार्थ सेवा भावनाका निम्ती आफ्नो पुरै होटल नै अस्पतालाई नि ः शुल्क उपलब्ध गराएर चर्चित बनेका छन् ।

पन्तले समाजप्रति उत्तरदायित्व भएर काम गरी एका एक चर्चामा आएको देख्न नसक्दा अंसारीले स्वंम चर्चित र आर्थिक लाभ लिनको लागि अस्पताल उपलब्ध गराउन खोजेको स्थानियको बुझाई छ । सरकारले नारायणी अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्नु एकदिन अगाडी नै अंसारी आईतबार राती १० बजे आफ्नो फेसबुकमा स्टाट्यस लेखेर चर्चा बटुल्न पछि हटेनन् ।

उनले आफ्नो स्टाट्यसमा, ‘ वीरगन्जमा कोरोनाको उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य आवश्यक्ता हो । तै पनि जुन तदारुकता र तत्परता महत्वूर्ण जिम्मेवारी बोकेका सरोकारवाला निकायहरुबाट देखिनुपर्ने थियो, त्यो नदेखिएको अवस्थाबारे हामी सबैमा अवगत नै छौं ।’

उचित तदारुकता र तत्परता नदेखिएको यस अवस्थालाई दृष्टिगत गर्दै, यस परिस्थितिको समस्या प्रति सम्वेदनशीलतालाई आत्मसात गरेर, म, रहबर अंसारी, एक आम वीरगन्जेली नागरिकको हैसियतले कोरोना विरुद्धको यस लडाईमा मेरो सानो प्रयास स्वरुप आफनो हस्पिटल (श्री गण्डक हस्पिटल प्रालि) पूर्ण रुपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थानिय सरकारलाई दिन तयार छु । सोको जानकारी मैले वीरगन्जका मेयर आदरणिय विजय सरावगी ज्यूलाई गराई सकेको छु । कोरोना विरुद्धको यस लडाईमा हाम्रो सामूहिक प्रयासले सधै निरन्तरता पाओस ।’ उनले लेखेका छन् ।

यहिले उनको यो लेखेको स्टाट्यसले समाजिक संजालमा तहाल्का नै मचाएको छ । कति पयले सस्तो र लोकप्रिय चर्चाको लागि यो स्टाट्यसले लेखेको बताएका छन् । नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष विकास तिवारीले पनि स्टाट्यसमा, ‘ जनताको रगतसम्म चुसी चुसी बनाएका प्राईभेट होस्पिटलमा आज जनतालाई बचाउनका निम्ति दिन तयार नहुनेहरुसँग जनताले आश गर्नु बेकार हो । जनताको पैसाले एसि गाडी, घरको बानि लागेकाहरु जनता बचाउन तयार भएनन् उल्तै दिन भने तर अब सरकारी अस्पतालमा कोरोना अस्पताल बनाउन सबै सामाग्री खाएर रेडि गर्दा म दिन्छु रे । स्मरण रहोस ती प्राईभेट अस्पतालमा जब बिरामी ल्याउदा भर्ना गर्न नमानेपछि मृत्यु पनि भएको थियो ।’ लेखेका छन् ।

तिवारी स्टाट्यस लेख्ने उनी मात्र छैनन् । निजि अस्पताल विरुद्ध अधिकांशले खुलेर विरोध गरेका छन् । रहबरको यो धुत्याई सर्वसधारणले बुझेपछि कतिपयले समाजिक संजालमा ब्यङ्गको विषय नै बनाएका छन् । केहिले भने, अंसारीको पक्षमा पनि सराहना गरेका भेटिएको छ । अंसारीको बिहे भएपछि विर्तामा रहेको त्रिवेणी गोपाल कम्प्लेक्स ( १० तल्ले भवनमा ) भाडामा प्लाट लिएर बस्दै आएका छन् ।

वीरन्जका मेयर विजय सरावगीको संलग्नतामा गण्डक हस्पिटल प्रालिका संचालक अन्सारीलाई फाइदा पुर्याउन ठुलो चलखेल भएको श्रोतको दावी छ ।

कोरोना उपचारको लागि वीरगन्जका सांसद, कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित सुरक्षा समिति, स्थानीय सरोकारवालाहरु, प्रदेश सरकार र महानगरपालिकाले नीजि अस्पतालहरुसँग समन्वय गर्दा निजि अस्पतालका संचालकहरुले कुनै चाँसो देखाएको थिएनन् । आईतबार विहान १० बजेर ४३ मिनेटमा मेयर चढ्ने मित्सुबिसी पेजेरो गाडि रहबर बस्दै आएको १० तल्ले भवनमा भित्र प्रवेश गरेको थियो । मेयर र रहबर विच ठूलो नै डिल भएको श्रोतले दावी गरेको छ ।

कोरोना भाइरसले माहामरीको रुप लिएपछि आफ्नो निजि अस्पतालबाट भर्नारत आम बिरामीहरुलाई निकालेर अन्सारीलाई फाइदा पुर्याउन मेयर सरावगीको संलग्नतामा ठुलो आर्थिक चलखेल हुने छ, श्रोतले भन्यो, यसको लागि सरकारको तर्फबाट उपकरण र अनुदान लगायत दिने निश्चित छ ।

कोरानो संकटको अवधीभर र यो सकिएपछिको ६ महिना अस्पतालको भाडा, स्टाफ खर्च, सरसफाई, उपकरण खरिद, औषधी आपुर्ती लगायत सबै खर्च महानगरपालिका र बिपद व्यवस्थापन कोष लगायतबाट बेहोर्ने, अस्पतालले अधिक्तम रकमको बिल बनाउने र त्यसको ४० प्रतिशत मेयर सरावगीको टिमलाई दिने सहमति भएको बताइएको छ ।

यता मेयर सरावगीले अंसारीसँग कुनै प्रकारको डिल नभएको दावी गरेका छन् । बहानामा मलाई बदनाम गर्न मेरै पार्टीका नेता कार्यकर्ता लागि परेका छन् । उनले भने, ‘कोरोनाले गर्दा महानगरपालिका ठूलो समस्यामा परेको हुनाले वीरगन्जमै अस्थाई कोभिड १९ अस्पताल बनाउन आज नै तीन दिने सार्वजनिक सूचना आह्वान गरेका छौ । यसमा सुविधा सम्पन्न भएका अस्पतालहरुले स्वंम आवेदन दिने छन ।’

आवेदनमा न्यूनत्तम ५० वेड सम्पूर्ण साधन भवनको अस्पताल हुनुपर्छ, त्यसमा आईसियु र भेन्टीलेटरको सुविधा हुन्छ त्यसलाई नै छनौट गर्छौ भाडामा लिई कोभिड-१९ को लागि विशेष अस्पतालको लागि छनौट हुन्छ । र यसको संचालनको आवश्यक प्रक्रिया शुरु हुने उनले बताए । कम्प्लेक्समा आफ्नै घर परिवारका सदस्य रहेकाले दैनिक भेटघाट गर्न जाने गरेको छ, मेयर सरावगीले भने, कसैले विरोध गर्दैमा मेयरको दायित्वबाट हट्दिन । कानुन बमोजिम गर्ने सम्पूर्ण कामहरु गर्छु ।

कसैले विरोध वा अवरोध गर्दैका रुक्नेवाला छैन । कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न संघ र प्रदेश सरकारले अहिले सम्म कुनै समन्वय गरेको छैन, जसले गर्दा कोरोनाको संक्रमणले महानगरपालिकाको समस्या जटिल बन्दै गएको छ, यसलाई नियन्त्रण गर्न आवश्कता रहेकोले हामीसँग भएको श्रोत र साधनको प्रयोगले समस्या समाधान गर्ने तर्फ अगाडी बढ्छु ।

प्रतिक्रिया दिनुहोस्