लकडाउन उल्लंघन गर्नेमाथि सलमान खानको आक्रोश



एजेन्सी : अभिनेता सलमान खान देशमा रहेको लकडाउनका कारण आफ्नै फार्म हाउसमा समय बिताइरहेका छन्। यद्यपि उनी लकडाउनका समय प्रसंशकहरूलाई भाइरस संक्रमणबाट बच्न र देशमा समस्यामा रहेकाहरूका लागि सहयोग गर्दै आएका छन्।

सलमानले कोरोना भाइरसको प्रभावमा परेका २५ हजार मजदुर बलिउडकर्मीलाई आर्थिक सहयोग गर्नका साथै सरकारलाई पनि आर्थिक सहयोग जुटाइसकेका छन्।

तथापि भाइरस संक्रमणको पर्वाह नगर्नेप्रति सलमान दुःखी छन्। उनले हालै सार्वजनिक गरेको एक भिडियो सन्देशमा सलमान रिसाएका छन्। मानिसहरू घर बाहिर निस्किएको, लकडाउनको पालना नगरेको र भाइरस फैलने त्रास झनै बढेको प्रति उनी रुष्ट बनेका हुन्।

सलमानले भिडियो सन्देशमार्फत डाक्टर र प्रहरीमाथि ढुंगा हान्नेहरूलाई आफू र परिवारको जीवन खतरामा नपार्न चेतावनी दिएका छन्।

सलमानले सरकारले दिएको आदेश कडा रूपमा पालना गरेर चीन संकटबाट बाहिर आइसकेको अवगत गराउँदै भारतमा भने त्यो हुन नसकेकोप्रति दुःख पोखेका छन्। उनले केही मान्छेहरूका कारण भाइरस दिनानुदिन बढिरहेकाले घरमै बसेर आफू र आफ्नो परिवारलाई एकसाथ स्वास्थ रहन पनि आग्रह गरेका छन्।

घर बाहिर ननिस्किए पुलिसले लाठी पनि नहान्ने भन्दै त्यसप्रति पनि आफ्ना फ्यान फलोवर्सलाई सजग गराएका छन्।

प्रतिक्रिया दिनुहोस्