उदयपुरमा ८ भारतीय नागरिकमा कोरोना संक्रमणको आशंका



उदयपुर : उदयपुरमा आठ भारतीय नगरिकमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको आशंका गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिलमा लुकेर बसेका १० जनामध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश १ को सामजिक विकास मन्त्रालय विराटनरका सूचना अधिकारी बलराम पराजुुलीसँगको फोन सम्पर्कमा उनले कोरोना आशंका गरिएको तर यसबारे पुष्टि भइनसकेको बताएका छन् ।

उनीहरुको शुरुमा र्‍यापिड टेष्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो । साथै उनीहरुको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताए ।

शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएको थियो ।

मंगलबार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्