लकडाउनमा काठमाडौं उपत्यकाको चिल्ला सडक (फोटोफिचर)



काठमाडौं : आज (शनिबार) लकडाउनको २६ औँ दिन । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि यतिखेर देश पूरै लकडाउनमा छ ।

त्यसोत देशैभर लकडाउनको चौथो हप्ता चलिरहेको । सो अवधिमा कालोपत्रे गरेर छाडिएका काठमाडौंका सडकमा धमाधम रङरोगन र मार्किङ गर्ने काम भएको छ ।

ज्ञानेश्वर, कालोपुल, सिंहदरबार, थापाथली, रत्नपार्क, तीनकुने एयरपोर्ट, बबरमहल, हनुमानस्थान, सामाखुसी, टोखालगायतका ठाउँ मार्किङ भइरहेको छ भने पुतलीसडक, थापाथली भद्रकाली, रत्नपार्क धुम्बाराही, हाँडीगाउँ, महाराजगन्जलगायतका ठाउँमा मार्किङ सम्पन्न भइसकेको छ ।

फोटो : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्