औषधी व्यवसायी अंसारीमाथि प्रहरीको दुव्र्यवहार



वीरगन्ज : प्रहरीले औषधी व्यवसायी अंसारीमाथि दुव्यर्वहार गरेको भन्दै औषधी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलित भएका छन् ।

नेपाल औषधी व्यवसायी महासंघ पर्साका अध्यक्ष ताजुदीन अंसारीलाई शनिबार प्रहरीले दुव्यर्वहार गर्दै उनी चढेको मोटरसाईकल खोसेका थिए । लकडाउन उलंघन गरेको आरोप लगाउँदै वीरगन्जको माईस्थान चोकमा ड्युटीमा खटेका प्रहरीले उनी चढेको मोटरसाईकल चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।

अन्त्यमा आफू औषधी व्यवसायीसमेत रहेको जानकारी गराउँदा पनि दुव्र्यवहार गरेको उनको आरोप छ ।

कोराना भाइसरको सन्त्रासले निजि अस्पतालले समेत विभिन्न बहानामा विरामी भर्ना लिन नमानेको अवस्थामा २४ सैं घण्टा औषधी पसल खोलेर जनताको सेवामा खटीरहेका व्यवसायीलाई नै प्रहरीले दुव्यर्वहार गरेपछि व्यवसायीहरु पसल बन्द गरेका हुन् ।

वीरगन्जको नारायणी अस्पताल, मेडिकल कलेज, घण्टाघर, लिकंरोड, माईस्थान, विर्ता लगायतको स्थानमा रहेका ४ सय भन्दा बढी औषधी पसलहरु एक साथ बन्द भएको छ । औषधी पसल बन्द हुदाँ सेवाग्राहीहरु औषधी खरीद गर्नबाट बन्चित हुने भएका छन् ।

पर्सा जिल्लामा हाल ४ सय ८० वटा औषधी पसल छन । वीरगन्ज महानगरपालिकामा मात्र २ सय २५ वटा औषधी पसलहरु छन । निजि अस्पताल सेवा दिन छाडेपछि यि औषधी पसलले नै जनताको लागि २४ औं घण्टा पसल संचालन गरेर सेवा प्रदान गर्दै आएका छन् ।

नेपाल औषधी व्यवसायी महासंघ पर्साका महासंचिव पप्पु झाले पर्साका प्रमुख जिल्ला अधिकारी र एसपीको गैरजिम्मेवारीपनका कारण व्यवसायी बन्द गर्नुपरेको बताए । उनले भने,‘हामीले पास माग्न जाँदा स्थानिय प्रशासनले पास दिंदैन, आफूसँग भएको परिचय पत्रले नै झुण्ड्याएर आवतजावत गर्नुस् प्रहरीले रोकटोक गर्दैन, उत्ता प्रहरी भन्छन् व्यवसायीको परिचय पत्रको कुनै मान्यता छैन ।’

प्रमुख जिल्ला अधिकारी विष्णु कार्की र प्रहरी उपरिक्षक गंगा पन्तको गैरजिम्मेवारीका कारण व्यवसायीहरु दुव्र्यहारमा परेको बताए । सिडियो र एसपीले जबसम्म दिर्घकालिन समस्या समाधान नगरे औषधी पसल संचालन नगर्ने बताउँदै उनले भने,‘हामी रहरले होईन, जनताको समस्या पनि हामी बुझेका छौं, प्रहरीको ज्यादतीको सिमा नाघेपछि बाध्य भएर पसल नै बन्द गर्नु परेको हो ।’

कोरोना भाइरसको जोखिम उठाएर पनि औषधी पसल संचालन गरेर जनताको सेवामा लागेका छौ, तर हाम्रो समस्या प्रहरीले बुझेको छैन । प्रहरीको रवैयाले गर्दा सम्पूर्ण औषधी व्यवसायी नै पिडित बनेका छन । अध्यक्षमाथि मात्र दुव्र्यहार भएको होईन, यसअघि पनि वडा प्रहरी कार्यालय विर्ताले व्यवसायीलाई लकडाउनको बहानामा पक्राउ गरेर दुव्र्यवहार गर्नुका साथै मोटरसाईकल समेत खोस्ने गरेको छ, त्यसैले स्थानिय प्रशासनले व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान नगरुन्जेल औषधी पसल बन्द नै रहने छ ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले एकदुई घण्टा भित्र औषधी पसल संचालन नगरे अध्यक्ष अंसारीलाई नै पक्राउ गरी मुद्दा चलाउँने बारे छलफल भईरहेको बताए । लकडाउन सबको लागि हो, यसको उलंघन गर्न पाईदैन उनले भने, यसको बहानामा औषधी पसल बन्द गराउँने अध्यक्ष अंसारीलाई पक्राउ गरेर संक्रमण ऐन अनुसार नै कारवाही हुन्छ र यसको लागि आवश्यक छलफल भईरहेको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा पर्सा जिल्ला पनि रहेको छ । यसको नियन्त्रण गर्न लकडाउनलाई प्रभावकारी रुपमा बनाउँन पनि आवश्यक देखिएको छ । लकडाउनमा जनताको लागि चाहिने अतिआवश्यक औषधी पसल २४ घण्टा खोल्नु पर्छ यदी कुनै औषधी पसलले पसल बन्द गर्छ भने त्यसमाथि पनि अतिआवश्यक ऐन अनुसार कारवाही हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्