सलमान र ज्याकीको दुश्मनीः १० वर्षसम्म सलमानले ज्याकीको अनुहार समेत हेरेनन्



एजेन्सी : बलिउड स्टार सलमान खानको बानी–ब्यहोरा धेरैलाई थाहा भएकै कुरा हो । यदि कोही उनलाई राम्रो लाग्छ भने उनलाई सलमान कहिल्यै साथ छोड्दैनन् ।

यदि कोहीलाई उनी घृणा गर्छन् भने उनी त्यसलाई पनि छाड्दैनन् । एक व्यक्ति छन् जोसँग सलमानको टक्कर परेको थियो तर अहिले ती व्यक्ति सलमानको जिन्दगीको एक हिस्सा बनेका छन् । यहाँ चर्चा गरिँदै छ संगीता बिजलानीको । कुनै समय सलमान खान र संगीता बलिउडका एक ‘हट कपल’ थिए ।

तर यी दुईको बीचमा त्यस्तो के भयो जसमा संगीता बिजलानीले सलमानको बारेमा एक ठूलो बयान दिइन् । सबैलाई जानकारी हुन सक्छ, जब सलमान खानले बलिउडमा कदम राखेका थिए त्यसबेला उनको नाम संगीता बिजलानीसँग जोडिएको थियो । संगीता पूर्व ‘मिस इन्डिया’ हुन् भने उनी एकदमै सुन्दर थिइन् ।

सलमान पनि फिल्ममा काम गर्दै थिए यता संगीताले पनि ३ फिल्ममा काम गर्दै थिइन् अर्का बलिउड स्टार ज्याकी श्रफसँग । उक्त फिल्म थियो, ‘इज्जत’, ‘त्रिदेव’ र ‘लक्ष्मणरेखा’ । बजारमा हल्ला चलेको थियो कि यी तीन फिल्म सँगै गरेपछि ज्याकी र संगीता नजिकिन पुगे । यो कुरा सलमानको कानमा पर्न गयो । सलमानलाई यो कुरा पटक्कै मन परेन ।

सलमान यतिसम्म रिसाए कि उनले १० वर्षसम्म ज्याकी श्रफसँग काम गरेनन् । यता संगीता भने ज्याकीसँग फिल्म गर्दा यतिसम्म आकर्षित भएकी थिइन् कि, जब मिडियामा उनको अन्तर्वाता आउँथ्यो संगीताको मुखबाट ज्याकीको नाम छुट्दैनथ्यो । एकपटक यस्तो सम्म हुन गयो, मिडियाले तपाईलाई सलमान मन पर्छ कि ज्याकी ? भनेर प्रश्न गर्दा संगीताले तत्काल ज्याकीको नाम लिएकी थिइन् ।

ज्याकी एकदम सुशील छन् तर सलमान छैनन् भन्दै उनले उत्तर दिएपछि सलमान र ज्याकी थुप्रै समयसम्म सँगै फिल्ममा देखा परेनन् । पछि यी दुईलाई सन् १९९८ को फिल्म ‘बन्धन’मा सँगै देखियो । अहिले सलमानको ज्याकीसँग राम्रो सम्बन्ध रहेको छ भने संगीत बिजलानीसँगपनि सलमानको सम्बन्ध सुमधुर रहेको छ ।

तर सलमान यदि कसैसँग दुश्मनी लिएमा फेरि मित्रता गाँस्दैनन् । तर ज्याकी श्रफ, संगीता बिजलानी, शाहरुख खानसँग भने सलमानले पुनः मित्रता गाँसेका छन् ।

प्रतिक्रिया दिनुहोस्