हावाहुरी तथा असिनाले २ करोडको क्षति



हेटौंडा : विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौंडालगायत मकवानपुर जिल्लामा करिब २ करोड मुल्य बराबरको क्षति पुर्याएको छ ।

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिक रुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौंला तथा बोरीलगायत तरकारीमा क्षति पुर्याएको छ ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको २ सय ५० घरमा क्षति पुरेयाएको गाउँपालिकाले जनाएको छ ।

हावाहुरीले विशेष गरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ । गाउँपालिका अध्यक्ष एकराज उपे्रतीका अनुसार गाउँपालिकाको वडा नं.५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिए । यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण संलन भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्