श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु



धनकुटा: धनकुटाको छथर जोरपाटी गाउँपालिका-४ पानी ट्याङ्कीमा श्रीमतीको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ७ बजेतिर सामान्य घरायसी विवादका क्रममा श्रीमतीको कुटाइबाट पानी ट्याङ्की घर भएका ४७ वर्षीय इन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा श्रीमती धनमाया लिम्बुले विभिन्न हतियार तथा लाठीले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । घरेलु हतियार प्रहार गरी श्रीमानको हत्या गर्ने धनमायालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्