उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : उदयपुरमा थप एक जनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पोजेटिभ देखिएको छ ।

उनी ३३ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले उदयपुरमा आज (मंगलबार) एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणको संख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्