उदयपुरमा एकैदिन ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४० पुग्यो



काठमाडौं : उदयपुरमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षण गर्दा ८ जनाको पोजेटिभ देखिएपछि पुन: परीक्षण गर्न नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा पठाइएको थियो ।

परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि नियमित प्रेस प्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमै ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका थिए ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।

योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्