भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो,कतिको मृत्यु?



भारत : छिमेकी मुलुक भारतमा कोरोनभाइरस संक्रमण संख्या तीव्र गतिमा अगाडि बढिरहेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २० हजार ४ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यीमध्ये ३ हजार ९ सय ५९ जना उपचारपछि ठिक भइसकेका छन् । भने भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ५२ पुगेको छ ।

भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । त्यहाँ ५ हजार २ सय २१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । महाराष्ट्रमा मात्र कोरोनाभाइरसका कारण २ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्