आफूभन्दा १० वर्ष जेठो सैफसँग विवाह गर्न करीनाले राखेकी थिइन् यस्तो शर्त



एजेन्सी : बलिउड अभिनेता सैफ अली खानले आफूूभन्दा १२ वर्ष जेठी अमृता अरोरासँग १९९१ मा बिहे गरेका थिए । तर, यो बिहे १३ वर्षपछि २००४ मा सम्वन्धविच्छेदमा टुङ्गियो ।

त्यसपछि सैफले २०१२ मा आफूभन्दा १० वर्ष कान्छी करीनासँग बिहे गरे । रमाइलो कुरा के छ भने उनीहरुको बिहेमा अमृता आफ्नो माता पितासहित विहेमा उपस्थित भएकी थिइन् ।

चलचित्र ‘टशन’ बाट दुवैले एक अर्कालाई मन पराएका थिए र पछिल्लो चलचित्र ‘कुरबा’ मा दुवैको जबरजस्त रोमान्स देख्न पाइएको थियो ।

एक अन्तवार्तामा करीनाले भनेकी थिइन् आफू एक सेल्फ डिपेंडेट महिला भएर बाच्न चाहाने र बिहेपछि पनि फिल्म खेल्न नछोड्ने सोचमा थिइन् र उनी बच्चापनि जन्माउने तर बिहेको असर आफ्नो करिअरमा नपरोस् भन्ने चाहाना राख्थिन् । यस कारण उनले सैफ अलीसँग बिहेको लागि चुनेकी थिइन् ।

करीनाले भनेकी थिइन्, उनी जीवनभरी पैसा कमाउन चाहान्थिन् । सैफ अली खानको अगाडि उनले यही शर्त राखेकी थिइन् । सैफले पनि यो शर्तलाई स्विकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्