कोरोना भाइरसः विश्व स्वास्थ्य संगठनको समीक्षा गर्दै अमेरिका



एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कोषको रकम संगठन पक्षपाती भएको भन्दै रोकेका थिए । अमेरिकी राष्ट्रपतिले त्यस समयमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको बारेमा धेरै गल्ती गरेको आरोप लगाएका थिए।

यस रोगको बारेमा उनले पहिले चेतावनी जारी गर्नुर्पयो र अब अमेरिकी सरकारले विश्व स्वास्थ्य संगठनले जस्तो गर्नुपर्ने हो त्यसरी नै काम गरिरहेको छ वा छैन भनेर समीक्षा गर्नेछ।

युएस एजेन्सी फर इन्टरनेसनल डेवलपमेन्ट (युएसएआईडी) का वर्तमान प्रशासक जोन बारसाले बुधवार यो घोषणा गरे। यूएसएआईडी वैदेशिक सहायताको प्रबन्ध गर्ने प्रमुख अमेरिकी एजेन्सी हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस समयमा वाशिंगटनले विश्व स्वास्थ्य संगठन बाहेक वैकल्पिक साझेदारहरू पनि खोज्ने छ ताकि खोप र अन्य महत्वपूर्ण काममा कुनै व्यवधान नहोस् र ती कार्यहरूलाई निरन्तरता दिन सकियोस्। सर्मथनमा कुनैपनि बाधाहुने छैन भनेर यसले सुनिश्चित गर्दछ।

युएसएआईडी प्रमुख बरसाले यो पनि घोषणा गरे।

प्रेस सम्मेलनलाई सम्बोधन गर्दै युएसएआईडी प्रमुख बरसाले समीक्षाका क्रममा सबै पक्षलाई विचार गर्ने बताए । उनले डब्ल्यूएचओ को प्रबन्धन को लागी धेरै प्रश्नहरू रहेको बताए । उनले वाशिंगटन समीक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्ष विश्व स्वास्थ्य संगठनको व्यवस्थापन नै चलाउने हो कि होइन? रहने पनि बताए ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई अधिकतम रकम दिइरहेको छ। संयुक्त राज्यले विश्व स्वास्थ्य संगठनलाई पछिल्लो पटक ४० करोड डलर सहयोग गरेको थियो, जुन सब भन्दा उच्च हो।

प्रतिक्रिया दिनुहोस्