न्युयोर्कमा दुई बिरालोमा कोरोना पोजिटिभ



एजेन्सी– न्युयोर्कमा कोरोनाभाइरसको संक्रमण घरपालुवा दुई विरालोमा भेटिएको छ।

संघीय अधिकारीहरूका अनुसार हो संयुक्त राज्य अमेरिकामा घरपालुवा जनावरमा कोरोना भाइरस संक्रमण पत्ता लागेको यो पहिलो पटक हो ।

यी बिरालाहरूलाई सास फेर्न गाह्रो भएको बताइएको छ ।

अमेरिकी कृषि विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यी बिरालाहरूले मानवबाट कोरोना संक्रमण भएको सम्भावना छ। अब थप संक्रमित बढ्ने खतरा औल्याइएको छ ।

दुई साताअघि न्युयोर्ककै ‘ब्रोंक्स’ नामक चिडियाखानामा एक बाघमा पनि कोरोना भाइरसको संक्रमण पाइएको थियो । त्यसलगत्तै चिडियाखानाका जनावरमा गरिएको परीक्षणमा थप तीनवटा बाघमा पनि संक्रमण फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्