भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, कतिको मृत्यु?



भारत : छिमेकी मुलुक भारतमा कोरोनभाइरस संक्रमण संख्या तीव्र गतिमा अगाडि बढिरहेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २१ हजार ३ सय ९३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यीमध्ये ४ हजार २ सय ५७ जना उपचारपछि ठिक भइसकेका छन् । भने भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ८१ पुगेको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्