उत्तर कोरियाका नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश



एजेन्सी : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाएका छन् ।

उनले एक पत्र पठाउदै बुधबार धन्यवाद ज्ञापन गर्नु भएको उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उनले धन्यवाद सन्देश पठाएका हुन् । उनका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ औँ जन्मोत्सव हो ।

धन्यवाद सन्देशमा दुई देशबीचको सम्वन्ध थप बलियो र राम्रो हुँदै जाने विश्वास पनि व्यक्त गरिएको छ ।

उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गरेका छन् ।

सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त विरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उनले धन्यवाद सन्देश पठाएको खवर आएको हो ।

उनी विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर विरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्