प्रियंका चोपडाले दिइन् चिकित्सकलाई २० लाख जोर विशेष प्रकारको जुत्ता



मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला केही फरक रूपमा सहयोगमा उत्रिएकी छन् । यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले यतिबेला कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका लागि २० लाख जोर विशेष प्रकारको जुत्ता प्रदान गरेकी छन् ।

अस्पतालमा घन्टौ उत्रिएर काम गर्नुपर्ने र कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूका लागि अभिनेत्री प्रियंकाले कोरोनाबाट जोगिनुका साथै उभिँदा आराम मिल्ने २० हजार जोर जुत्ता प्रदान गरेको भारतको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

कतिपय स्वास्थ्यकर्मीहरूलाई उपचारमा खट्दा पीपीई प्राप्त भए पनि यस्तो प्रकारको जुत्ताको अभाव थियो । २० हजार जोर जुत्तालाई तत्कालै सम्बन्धित स्वास्थ्यकर्मीमाझ वितरण थालिएको छ ।

अभिनेत्री प्रियंका चोपडामा आफ्ना पति निकसँग मिलेर अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि यही प्रकारको जुत्ता प्रदान गरेकी छन् । उनले त्यहाँ १० हजार जोर जुत्ता प्रदान गरेकी हुन् । यो कार्यका लागि त्यहाँका मेयरले अभिनेत्री प्रियंकालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्