
धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लाका ६ जनाको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार बाजुरा र कैलालीमा २-२ तथा अछाम र डडेल्धुरामा १-१ गरी ६ जनामा र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएको हो ।
६ जना मध्ये अहिले ४ जनाको मात्रै पीसीआर परीक्षण गरिएको केन्द्रले जनाएको छ । पीसीआर परीक्षणमा भने चारै जनाको रिपोर्ट नेगेटिभ देखाएको छ भने बाँकी २ जनाको पीसीआर परीक्षण बाँकी रहेको केन्द्रले जनाएको छ ।
यस्तै केन्द्रले अछाम र बाजुरामा २-२ र दार्चुलामा एक जनाको रिपोर्ट इरर आएको जनाएको छ ।