अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको क्याम्पसहरुलाई परिपत्र



काठमाडौं : त्रिभुवन विश्व विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई परिपत्र गरेको छ। शुक्रबार सूचना प्रकाशित गरी त्रिवि रजिष्ट्रारको कार्यालयले विद्यार्थीको पढाइ नरोक्न आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसलाई परिपत्र गरेको हो।

त्रिविले ‘आ–आफ्नो डीन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न गराउन हुन त्रिविका सबै आंगिक क्याम्पस/स्कूल/विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी विद्यार्थीको जानकारी’ गराएको छ।

प्रतिक्रिया दिनुहोस्