फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९



काठमाडौं : फेरि अर्का एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।

ती व्यक्तिको धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएको थियो । उक्त परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। उनको विषयमा थप विवरण आउन बाँकी छ।

बिहीबारसम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये १० जना निको भएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्