कोरोना भाइरसले भारतमा एकैदिन ५९ जनाको मृत्यु



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा ५९ जनाको संक्रमणबाट मृत्यु भएको छ । जुन संख्या अहिलेसम्म भारतमा एकैदिन ज्यान गुमाउनेको धेरै हो ।

हालसम्म भारतमा कोरोनाबाट साढे २४ हजार संक्रमित छन् भने ७ सय ८० जनाको मृत्यु भैसकेको छ । बितेको २४ घण्टामा मात्र १ हजार ४ सय नयाँ संक्रमित थपिए ।

भारत कोरोनाबाट सबैभन्दा धेरै दक्षिण एसियाली मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्