ढाँचा परिवर्तन गरि लकडाउन लम्ब्याउने सरकारको तयारी



काठमाडौं : सरकारले फेरी लकडाउन लम्ब्याउने तयारी गरेको छ । चौथो पटक थपिएको लकडाउनको समयावधी सोमबार अर्थात १५ वैशाखमा सकिँदैछ ।

सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ ।

केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढाइएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले जनाएको छ ।

कोरोना संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताएका छन् ।

नेपालमा पछिल्लो चार दिनमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमण तेस्रो चरणमा पुगेकाले जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

उपत्यकामा चारजनामा संक्रमण देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् । उच्चस्तरीय समितिले काठमाडौंमा अत्यावश्यकबाहेक थप केही उद्योग चलाउन दिने सकिनेबारे छलफल अघि बढाइएको छ ।

भारतले २१ वैशाखसम्म लकडाउन तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्