१ हजार ९ सय ९० जनाको कोरोना रिपोर्ट नेगेटिभ



डोटी: डोटीमा अहिलेसम्म एक हजार ९ सय ९० जनामा कोरोना परीक्षण गरिएको छ ।

कोरोना परीक्षणपछि सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र १ हजार ६५३ र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरी कुल १ हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।

पिसिआर र र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको संक्रमण भए÷नभएकोबारे जानकारी लिन र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा ३, जोरायल गाउँपालिकामा २, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए ।

उनका अनुसार ५ महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्