वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमितको तेस्रो रिपोर्ट नेगेटिभ



वीरगञ्ज : वीरगञ्जका चार कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको स्वाब (पीसीआर) परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा को आइसोलेसन वार्डमा उपचाररत तीन भारतीय र रौतहटका एक युवकको कोरोना संक्रमितको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित तीन भारतीय नागरिक छपकैयाको मक्की जामे मस्जिदमा बसेका थिए ।

तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।

शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारैजनाको पछिल्लो रिर्पाेट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ । यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा मदन उपाध्यायले डिस्चार्जका लागि अन्तिम रिपोर्टको पखाइमा रहेको बताए ।

नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । उनी सर्लाहीका कोरोना संक्रमित १४ वर्षीया बालक हुन् । उनको छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्