बढी मूल्यमा मास्क बेच्ने पसललाई दुई लाख जरिवाना



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई मास्क बिक्री गरेको पाइएपछि कार्बाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा प्रतिभा फार्मेसी, सातदोबाटोले मास्क वढी मूल्य लिइ बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई २ लाख जरिवाना पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्