रूसमा कोरोना सङ्क्रमितको सङ्ख्या ७४ हजारभन्दा बढी, कतिको मृत्यु?



काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट रूसमा ७४ हजार ५८८ जना सङ्क्रमित भएका छन् । रूसमा विगत २४ घण्टामा थप पाँच हजार ९६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उक्त भाइरसको सङ्क्रमणका कारण रूसमा ६८१ जनाको मृत्यु भएको छ । त्यस्तै रूसमा सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्