कोरोना भाइरसले भारतमा एकैदिन ४५ जनाको मृत्यु, २६ हजार संक्रमित



एजेन्सी : भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढिरहेको छ ।

यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ४५ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट भारतमा २६ हजार संक्रमित छन् भने ८ सय २५ जनाको मृत्यु भैसकेको छ ।

भारत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दक्षिण एसियाली मुृलुक हो ।

प्रतिक्रिया दिनुहोस्