नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ ! : प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल भएको उल्लेख गरेका छन् ।

पार्टी एकता र त्यसपछिका सहमतिविपरितहरु उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरु गर्ने सिलसिताको पराकाष्ठ भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताईदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ । जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम ।’

प्रतिक्रिया दिनुहोस्