नारायणी अस्पतालबाट चारजना कोरोना संक्रमित डिस्चार्ज हुँदै, थप दुई विरामी थपिए



वीरगन्ज– वीगन्जको नारायणी अस्पतालको आईसोलेशनमा रहेका ५ जना मध्ये ४ जनालाई डिस्चार्ज गर्ने तयारी गरीरहेको अवस्थमा थप दुईजना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेकने संख्या ५१ पुगेको छ ।

अस्पतालमा उपचाररत ५ मध्ये तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनालाई आईतबार बिहान ११ बजे डिस्चार्ज गर्ने अस्पताल प्रशासनले तयारी गरेको थियो । तर थप दुईजना कोरोना संक्रमित थपिएका कारण अस्पतालका चिकित्सकहरू तनावमा परेका छन् ।

वीरगन्ज वडा नम्बर ३ छपकैया र वडा नम्बर १६ ईनर्वाका गरी दुईजना कोरोना संक्रमित भएको पुष्टी भएको हो । छपकैयाका निवासी मुस्लिम समुदायकै करिब ५० बर्षिय महानगरपालिकाकै सरसफाईकर्मी रहेका छन् भने, ईनर्वाका ५३ बर्षिय अर्का एकजना मुस्लिम समुदायका व्यक्ति कोरोना संक्रमणको पुष्टी भएको हो ।

वडा नम्बर २ र १६ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिए पछि प्रहरी निगरानीमा अस्पतालमा पु¥याईएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

उनले भने– ‘सरसफाईकर्मीलाई उनकै घरबाट र अर्का ईनर्वाका व्यक्तिलाई शंकास्पद अवस्थामा सिद्धार्थ स्कुलमा क्वारेन्टाईनमा राखिएकोले उनको कोरोना संक्रमणको पुष्टी भएपछि प्रहरी निगरानीमै नारायणी अस्पतालमा पु¥याएको हो ।’

कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका कारण यी दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको उनले बताए ।

कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ का १४६ जना र पर्सा जिललाका विभिन्न क्वारेन्टाईनमा राखिएका ४१ जना गरी १८७ जनाको स्वाब संकलन गरी परीक्षणको लागि काठमाण्डौ पठाईएको थियो ।

त्यस मध्ये आईतबार विहान ४२ जनाको रिपोर्ट आएको छ , जसमध्ये २ जनामा कोराना भाईरसको संक्रमण पुष्टि भएपछि दुवैजनालाई प्रहरी निगरानीमा राखेर नारायणी अस्पतालमा पठाएको उनले बताए ।

पर्सा जिल्लामा हालसम्म ४२० जनाको स्वाब संकलन गरी परिक्षणको लागि काठमाण्डौ पठाईएको छ । जसमध्ये २३० जनाको रिपोर्ट निगेटिभ आएको छ । २ सय १ सय २१ जनाको आरडिटी परिक्षण गर्दा सबैमा निगेभिटनै भेटिएको सहायक प्रजि बस्नेतले बताए ।

यसअघि अस्पतालमा उपचार्थ ५ जना मध्ये ४ जनालाई डिस्चार्ज गर्ने विषयमा अस्पताल अन्यौलमा परेको छ । आफन्तको जिम्मा लगाउँने कि क्वारेन्टाईमा राख्ने विषयमा अहिले अस्पतालमा छलफल भईरहेको एकजना चिकित्कसले जानकारी गराएका छन् ।

तीनजना भारतीय र एकजना रौतहटका गरी चारै जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले उनीहरुलाइ डिस्चार्ज गर्न तयारीमा जुटेको बताउदै अस्पतालका मेडिकल सुपरिटेन्डेड डा मदन उपाध्यायले भने– ‘थप दुई जनाको कोरोना संक्रमित थपिएपछि हामी आफै अन्यौलमा परेका छौं, यसको व्यवस्थापन मिलाउँने काम भईरहेको छ ।’

पहिलो र दोश्रो पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । तेश्रो र चौथो रिपोर्ट लगातार नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चार जनालाइ डिस्चार्ज गर्न अस्पताल तयारीमा जुटेको छ ।

तीन भारतीय जमातीलाई सिमा बन्द रहेकोले वीरगन्जकै क्वारेन्टाईनमा राख्ने र रौतहटका युवालाई आफन्तको जिम्मा लगाएर घर पठाई थप दुईजना संक्रमितलाई आईसियु कक्षमा लाने तयारीमा लागेको रहेको अस्पतालका एकजना चिकित्सकले जानकारी गराए ।

वीरगन्ज–२ छपकैया स्थित मस्जिदमा बस्दै आएका २६ भारतीय जमातीमध्ये ३ जनामा कोरोनाको संक्रमण रहेको चैत ३० मा पुष्टि भएको थियो । रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो ।

सर्लाही धनकौलका १४ वर्षीय किशोरलाई भने गत बिहीबार राति मात्रै अस्पताल ल्याइएको हो । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको मेडिकल सुपरिटेन्डेड उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्