पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता



काठमाडौं– नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अभियोगपत्रमा उनलाई ५ वर्षसम्म कैद सजाय माग गरिएको छ । फेसबुक र ट्विटरबाट अफवाह फैलाएको आरोपमा गत बुधबार साँझ ललितपुरबाट पक्राउ गरिएको थियो ।

नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्