मेडिकल उपकरण ल्याउन चीन उड्यो हिमालय एअरलाइन्स



काठमाडौं : मेडिकल सामग्री लिन हिमालय एअरलाइन्स चीनको ग्वान्झाउ उडेको छ ।
निजी क्षेत्रले चाटर्ड गरेको जहाज आइतबार बेलुकी पाँच बजेर २१ मिनेटमा ग्वान्झाउको लागि उडेको हो ।

जहाज मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जा लगायत अन्य औषधिजन्य सामाग्री लिएर सोमबार बिहान साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्