भारत र चीनसंगको सीमानाका बन्द गरेर लकडाउन खुकुलो पार्न सरकारको ध्यानाकर्षण



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले लकडाउन खुकुलो गर्दै लैजाने बारे उपयुक्त रणनीति बनाउन सरकारसँग माग गरेको छ ।

राप्रपाका त्रय अध्यक्षहरुको उपस्थितिमा आइतबार बसेको परामर्श बैठकले भारत र चीनसंगको सीमानाका बन्द गरेर देशभित्र लकडाउन खुलुलो पार्न राप्रपाले माग गरेको हो ।

साथै राप्रपाले कोरोना भाईरसको महामारी नियन्त्रण गर्न सरकारले चालेका कदमहरु उपयुक्त भएपनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्