इटालीमा कोरोनाले २४ घण्टामा २६० को मृत्यु



एजेन्सी : कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या क्रमिक रुपमा घट्दै जान थालेको छ ।

आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ ।

यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । मृतकको संख्या घट्दै गएपनि संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन ।

शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ६ हजार १०३ जनामध्ये २ हजार ९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्