वाग्मतीमा मृतावस्थामा शव फेला



काठमाडौं: दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक जना व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका-१ का ४८ वर्षीय कालीबहादुर थिङ सो अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जानकारी दिएको हो । प्रहरीले भन्यो,“ हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्