मूल्य सूचि नराख्ने २ वटा पसललाई कारबाहि



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य सूचि नराख्ने पसललाई कारबाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा एम.बि.टी. खाद्य स्टोर्स कपनले बिक्रिबिल मूल्य सूचि नराखि सामान बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई १ लाख जरिवाना गरिएको जनाइएको छ।

यस्तै विभागले मूल्य सूचि नराख्ने अर्को पसललाई पनि कारबाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा जि.एन.स्टोर्स कपनले मूल्य सूचि नराखि सामान बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई ५० हजार जरिवाना गरिएको जनाइएको छ।

Image
प्रतिक्रिया दिनुहोस्