सूचना स‌ंकलनमा खटिएका पत्रकार पक्राउको घटनाप्रति गम्भीर ध्यानाकर्षण-महासंघ



काठमाडौं : नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा रेहका पत्रकारलाई पक्राउको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार एक विज्ञप्तिमा भरतपुरस्थित चौबीसकोटीबाट कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई पक्राउ गरेकोमा निन्दनीय र खेदजनक भएको बताएको छ ।

महासंघले पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगी खिचिएका फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारी साधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको बताएको छ ।

विज्ञप्ति :

मितिः २०७७।०१।१५


समाचार संकलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारहरुलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रण लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

समाचार संकलनका लागि आज विहान १०:००बजेतिर चितवनको भरतपुरस्थित चौवीसकोटीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहारगर्दै पक्राउ गरेका छन् । पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारी साधनर सञ्चार साधनसमेत नियन्त्रणमा लिएका थिए ।

मुलुक यतिखेर कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणलाईमध्यनजर गर्दै लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्यालनगरी अग्रपंक्ति रहेर नागरिकलाई सुसूचित गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको यो हर्कत आफैंमा निन्दनीय र खेदजनक काम हो । महासंघ घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्नर पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

यसैगरी नेपाल पत्रकार महासंघ कर्णालीप्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमितता सम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार के.सी.लाई धम्की दिइएको थियो । प्रकाशित समाचारप्रतिगुनासो भए कानुनी उपचारका मार्गप्रशस्त हुँदा हुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

प्रतिक्रिया दिनुहोस्