रोटरी क्लब अफ वाग्मतीद्वारा मास्क सहयोग



काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ वाग्मतीले सरकार तथा अन्य संस्थालाई निः शुल्क मास्क प्रदान गरेको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ अन्तर्गत रोटरी क्लब अफ वाग्मतीले कोरोना भाइरस संक्रमण रोक्नका लागि सहयोग पुर्याउने उद्देश्यले १५ हजार सर्जिकल मास्क र ४०० एन-९५ मास्क निः शुल्क वितरण गरेको क्लबका अध्यक्ष दिनेश बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार पाटन अस्पताललाई ५ हजार सर्जिकल र १७५ एन-९५ मास्क तथा भक्तपुर क्यान्सर अस्पताललाई ५०० सर्जिकल र ५० एन-९५ मास्क हस्तान्तरण गरिएको छ ।

त्यसैगरी स्वास्थ सेवा विभागको महामारी शाखामा ५ हजार सर्जिकल र १७५ एन-९५ मास्क तथा काभ्रेपलाञ्चोकको भुल्मु गाउँपालिकालाई २ हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको क्लबले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्