कोरोना संक्रमित भेटिएपछि रौतहटका गाउँ ‘सिल’



रौतहट : रौतहटमा २ जनालाई कोरोना सङ्क्रमण देखिएसँगै त्यस क्षेत्रमा सिल गरिएको छ । रौतहटको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ९ को भुसहा र देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ मा गरी दुई जनामा आज कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सङ्क्रमण देखिएको ठाउँमा सिल गरेको जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमण अरुमा पनि फैलने सक्ने भन्दै सिल गरेर निगरानी बढाएको जिल्ला प्रशासनले जनाएको छ ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सिल गरिएको बताइएको छ । दुई संक्रमित भारतबाट आएको हुन् । उनीहरूलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्