लकडाउनकै समयमा डेढ हजारभन्दा बढि भारतबाट प्रदेश २ प्रवेश


जनकपुरधाम : कोरोना भाइरस संक्रमणबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ ।

लकडाउनको अवधिमा प्रदेश २ का बिभिन्न १ सय ९ वटा नाका भएर अहिलेसम्म ठूलो संख्यामा नेपालीहरु भारतबाट फर्किएको एक तथ्याङ्कले देखाएको छ ।

गत चैत ११ गतेदेखि बैशाख १६ गतेसम्ममा यस प्रदेशका विभिन्‍न १ सय ९ वटै नाका हुदैँ कामका शिलसिलामा भारत गएका प्रदेशका आठवटै जिल्लाका १ हजार ६ सय २० जना नागरिकहरु आ(आफ्नो घर फर्केका हुन् ।

सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले लकडाउन घोषणा भएदेखि अहिलेसम्म १ हजार ६ सय २० जना नागरिक फर्किएको तथ्याङ्क प्रदेश सरकारसँग रहेको जानकारी दिए ।

भारतबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण भेटिन थालेका बेला सचिव घिमिरेले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन्।

उनले सप्तरीमा १ सय ५०,सिरहामा १ सय ७९,धनुषामा १ सय १,महोत्तरीमा १ सय ५९,सर्लाहीमा ३ सय ३८,रौतहटमा २ सय ५७,बारामा ९३ र पर्सामा ३ सय ४३ जना भारतलगायतका देशबाट फर्केर आएको जानकारी दिए ।

उनले भने, ‘लकडाउन सुरु भएपश्चात खुला सिमानाका रहेको कारण यतिको संख्यामा व्यक्तिहरु प्रदेशभित्र प्रवेश गरेका छन् ।’ यो विवरण सरकारसँग उपलब्ध रहेपनि यस बाहेकका थप व्यक्तिहरु पनि लुकिछिपी प्रवेश गरेको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

सचिव घिमिरेले स्थानीयतहका प्रतिनिधि,सुरक्षा निकाय,सञ्चारकर्मी र स्थानीय समुदायलगायत सम्पूर्ण पक्षलाई उच्च सतर्कता अपनाउँदै कोरोना भाईरस संक्रमण विरुद्धको कार्यमा सहकार्य गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये