प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, बजेट अधिवेशनबारे छलफल



काठमाडौं : पछिल्लो दिनमा उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवा उस्तै छ । पछिल्ला दिनमा समूह–समूहमा पटक–पटक छलफल हुँदा पनि नेकपाका नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रनितिधिसभाका सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।

आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

भेटमा संघीय संसदको बजेट (बर्खे) अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा पनि छलफल भएको छ ।

गत वर्ष १६ वैशाखमा बजेट अधिवेशनको पहिलो बैठक बसेको थियो भने २० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

१५ जेठमा संघीय मन्त्रिपरिषदका अर्थ मन्त्रीले संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्