स्थानीय सरकारलाई १० लाखको सुरक्षा सामाग्री सहयोग



धनगढी: कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) ले कैलालीका ५ स्थानीय सरकारलाई सुरक्षा सामाग्री प्रदान गरेको छ ।

सिएसएसडीले बालकल्याण संघ, दिगो बिकास र वल्र्डभिजन नेपालको सहयोगमा सुरक्षा सामाग्री प्रदान गरेको हो । क्वारेन्टाईन व्यवस्थापनका लागी भजनी नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएको सुरक्षा सामाग्रीहरुमा ३६ वडा सेनेटाईजर, १३१ साबुन, ३ वटा जग, ३ वटा बाटा, ४० ओटा त्रिपाल, ३ वटा रसी, २० वटा मन्छरदानी झुल, २० वटा बल्यान्केट, ३ वटा पिफम र ५ वटा पिपिए र ८ क्वीन्टल चामल हस्तान्तरण गरिएको सामजिक परिचालक मिना चौधरीले जानकारी दिईन् ।

प्रत्येक स्थानीय सरकारलाई २ लाख ८ हजार रुपैयाँ बराबरको १० लाख ४० हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरिएको सिएसएसडीका विपद जोखिम न्यूनिकरण परियोजना अधिकृत क्रिम चौधरीले बताए ।

परियोजना अधिकृत चौधरीका अनुसार स्थानीय सरकारलाई प्रदान गरिएको सामग्रीहरु कोरोना संक्रमणको सम्भावित खतराबाट जोगाउन सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्