भारतको राजस्थानमा २ हजार ३३९ जना कोरोना भाइरस संक्रमित



एजेन्सी : भारतको राजस्थान राज्यमा थप २९ जनामा कोरोना भाइरस संक्रमण भएपछि कोरोना भाइरसबाट २ हजार ३९३ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

राजस्थानमा देखिएका कोरोना पीडितमध्ये ७८१ जना निको भएर घर फर्किएका छन् । सो राज्यमा कोरोना भाइरसको सक्रमणबाट ५२ व्यक्तिको मृत्यु भएको छ ।

भारतभरी मङ्गलबार कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्