भारतका कुल कोरोना संक्रमितमध्ये ०.३३ प्रतिशत मात्रै भेन्टिलेटरमा



एजेन्सी : भारतमा कोरोना भाइरसबाट संक्रमित कुल विरामी मध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्री डा। हर्ष बर्धनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट संक्रमति मध्ये निकै थोरैलाई पनि भेन्टिलेटरको आवश्यकता परेको छ ।

उनले भने, “कुल संक्रमित मध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ, अरुलाई राख्नु परेको छैन ।”

त्यसैगरी अरु १.५ प्रतिशतलाई अक्सिजन ग्याँस दिनेगरी राखिएको र २.३४ प्रतिशत विरामीलाई आईसियुमा राखिएको उनले जानकारी दिए ।

लायन्स क्लव इन्टरनेशनलसँगको भिडियो सम्मेलनमा उनले यो तथ्यांकले देशको स्वास्थ्य सेवाको गुणस्तर झल्काउने तर्क पनि गरे।

कार्यक्रममा उनले कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारले गरिरहेका प्रयास र अपनाएका उपायहरुका बारेमा पनि जानकारी दिएका थिए ।

स्वास्थ्य मन्त्री बर्धनले मुख्य गरेर पाँच पक्षमा आफुहरुले ध्यान दिएको पनि बताए ।

उनका अनुसार अवस्थालाई सम्हाल्दै जनचेतनामा जोड दिने, पूर्व तयारीको कार्य, तिव्र रुपमा विकसीत अवस्थाको विश्लेषण तथा मुल्यांकन, सवै तहका अन्तरक्षेत्र संयोजन र रोगविरुद्ध लड्न आम नागरिकलाई लगाउने अवस्थाको सृजना गर्ने कार्य भइरहेको छ ।

कोरोना भाइरस विरुद्धको लडाईमा भारतको राम्रो गरिरहेको, आफुहरु सन्तोषजनक अवस्थामा रहेको र अन्य देशको तुलनामा सफलता पनि प्राप्त भएको उनको भनाई छ ।

आफ्नो देशले कोरोना भाइरस विरुद्ध लड्न सिफारिस गरिएको अन्तर्राष्ट्रिय सुझाव तथा मापदण्डहरुलाई पालना गरेकाले पनि डरलाग्दो अवस्था नआएको स्वास्थ्य मन्त्री बर्धनले बताए ।

प्रतिक्रिया दिनुहोस्