घरमा धारा पुगेपछि माहिलीडाँडाका बासिन्दा हर्षित



पोखरा :व्यासनगरपालिका-१ माहिलीडाँडा वस्तीमा खानेपानी पुगेपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।

माहिलीडाँडामा गठित समितिले खानेपानी क्षेत्रमा काम गर्न नसकेपछि सोही वडास्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत योजना सम्पन्न गरेर घर घरमा खानेपानी पुर्याएपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका हुन् ।

समुद्री सतहबाट करिब ४०० मिटर उचाइमा रहेको उक्त बस्ती सदरमुकाम दमौलीदेखि करिब दुई किलोमिटर दूरीमा रहे पनि बत्तीमूनिको अँध्यारो जस्तो बन्न पुगेको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाको सपना बल्ल पूरा भएको सोही वडा निवासी श्रीराम गन्धर्वले जानकारी दिए ।

पानी बोकेर ल्याउनुपर्ने समस्या थियो । उनले भने, “सदरमुकामदेखि नजिक रहेर पनि दुर्गम क्षेत्रका बासिन्दाले जस्तो दुः ख भोग्नुपरेको थियो ।” लकडाउनको समयमा पनि अहोरात्र खटेर घर घरमा खानेपानी पुर्याउन गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै लकडाउन खुलेपछि विशेष कार्यक्रम गर्ने योजना बनाइएको माइलीडाँडा टोल विकास संस्थाकी अध्यक्ष सुनिता सुनारले जानकारी दिईन् ।

गत माघ महिनादेखि प्राविधिक तथा कर्मचारी निरन्तर रुपमा खटेका कारण उक्त क्षेत्रमा खानेपानी वितरण गर्न सफल भएको समितिका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए । माइलीडाँडामा करिब १२ मिटर उचाइमा १० हजार लिटरका दुई वटा ओभरहेड ट्याङ्की राखेर त्यस क्षेत्रका बासिन्दालाई खानेपानी वितरणको व्यवस्था गरिएको छ ।

व्यासनगरपालिकाको १५ लाख र उपभोक्ता समितिको सहभागिता लागत ४ लाख ५० हजार गरी १९ लाख ५० हजारको लगानीमा खानेपानी योजना सम्पन्न गर्न सकिएको समितिका सचिव राजेश्वर हड्खलेले बताए । उनका अनुसार भौगोलिक दृष्टिकोणले माहिलीडाँडा उचाइ रहेका कारण पनि सहज रुपमा पानी वितरण गर्न नसकिएको उनले जानकारी दिए ।

त्यस क्षेत्रमा रहेका ५४ घरपरिवारमध्ये २९ घरपरिवारमा बुधबारसम्म धारा जडान गरिसकेका छन् । नयाँ निजी धारा जडानका लागि निवेदन आएपछि अन्य उपभोक्ताको पनि क्रमिक रुपमा धारा जडान गरिनेछ । साढे १२ हर्ष पावरको मोटर प्रयोग गरी छाब्दी खोलाको बोरिङको पानी तानेर रिजर्भ ट्याङ्कीमा जम्मा गरी पानीलाई शुद्धिकरण गरेपछि पुनः दुई हर्षपावरको मोटरको सहायताले ओभरहेड ट्याङ्कीमा पानी चढाएर वितरण कार्य थालिएको हो ।

पानीको स्रोतलाई मध्यनजर गर्दै अहिलेलाई दिनमा एक घण्टा पानी वितरणको व्यवस्था मिलाइएको छ । अहिले परीक्षणकाल भएकाले एक हप्तापछि समय थप गर्न सकिने समितिले जनाएको छ । न्यूनतम शुल्क १७० मा एक घरपरिवारले एक महिनामा ७ हजार लिटर पानी गर्न पाउने छन् ।

उक्त समितिले हालसम्म वडाभित्र दुई हजार ३९५ धारा वितरण गरिसकेको उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । यस क्षेत्रमा मानिसको बढ्दो शहरीकरणका कारण पानीको स्रोतले धान्न गाह्रो हुँदै गएको उक्त समितिले जनाएको छ ।

निजी धारा जडानका लागि करिब ५०० जनाले निवेदन दिएका छन् । उनले भने,“यस क्षेत्रमा दीर्घकालीन रुपमा पानीको समस्या न्यूनीकरण गर्न मादीसेती लिफ्टिङ आयोजनाको सर्भे कार्य भइरहेको छ ।” गलेश्वर (कोभिड-१९) को जोखिम हुन नदिन लकडाउन जारी रहदा म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङको मटला भिरमा स्थानीयवासी जोखिम मोलेर मह निकाल्न व्यस्त रहेका छन् ।

लकडाउनको समयमा स्थानीय संघ संस्थाको अनुमति लिएर मह शिकारीले डोरीको सहायताले भिरमौरीको गोला निकालेका हुन् । यहाँको अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुन्डिएर मह काढिरहेका छन् ।

तल बसेर हेर्दा अत्यन्तै त्रास र रोमाञ्चक लाग्ने यो दृश्यले मुटुको धड्कन बढाउँछ । भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । यहाँको लुलाङ, हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले गोला लगाएका छन् ।

तिनै गोला काढ्नका लागि मह शिकारीहरु डोरी (परङ) मा झुन्डिएर मह शिकार गरिरहेका छन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्ने गरिन्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् ।

एक समूहले भिरको माथिबाट तल भुईसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्डाउँ छन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यलाई एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ ।

विभिन्न किसिमका औषधि बनाउन यसको प्रयोग बढी भएको पाइएको छ । भिर महको याम शुरु भएपछि लुलाङ, गुर्जालगायतका जङ्गलमा रहेको भिर महमा मह शिकारी डोरी (पाराङ) मा झुन्डिएर मह निकाल्न शुरु गरेका धवलागिरि गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार स्थलगत रुपमा नै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याललेसमेत भिर महको सम्भावना भए पनि आधुनिक विधिको प्रयोग गरी ज्यानको जोखिम टार्न आवश्यक सहयोग गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्