सीमाका नेपाली ल्याउने सरकारको निर्णय स्वागतयोग्य : कमल थापा



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले महाकाली पारी अलपत्र नेपाली स्वदेश ल्याउने सरकारी पहल स्वागतयोग्य भएको बताएका छन्।

थापाले ट्वीटरमार्फत भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिक स्वदेश ल्याउने सरकारी पहलको स्वागत गरेका हुन्।

गृह मन्त्रालयको निर्देशनमा दार्चुला र बैतडी प्रशासनले भारतीय पक्षसँग समन्वय गरी तीन वटा नाकाबाट आज करिब १८ सय नेपालीलाई स्वेदश फर्काइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्